लायन्स क्लब काठमाडौं गाैतम बुद्धद्वारा सामाजिक ब्यक्तित्व सम्मानित

डिसी नेपाल
७ कार्तिक २०७९ ११:५४
196
Shares

काठमाडाैं। लायन्स क्लब काठमाडौं गाैतम बुद्धले विभिन्न समयमा समाजप्रति गरेकाे सकारात्मक कामकाे मूल्यांकन गर्दै विभिन्न क्षेत्रका सामाजिक ब्यक्तिलाइ सम्मान गरेकाे छ।

सम्मानित हुनेहरू राजनीति, सामाजिक ब्यवसायिक लगायतका धेरै क्षेत्रमा अब्बल रहेका र उनीहरुकाे याेगदानलाई कदर गर्दै सम्मान गरेकाे क्लबका अध्यक्ष बिष्णु पाेखरेलले बताए।

कार्यक्रममा देशभरिका ५४ जना ब्यक्तिहरुलाई सम्मान गरिएको थियाे। कार्यक्रममा लायन्स डिस्ट्रिक गभर्नर कर्मा गुरुङ प्रमुख अतिथि थिए भने बागमती प्रदेशका निबर्तमान सभामुख सानुकुमार श्रेष्ठ, पुर्व मन्त्री पार्वत गुरुङ र गाेपाल शाक्य विशेष अतिथिकाे रुपमा रहेका थिए।

त्यस्तै लायन्सका नेताहरु विभिन्न बिशेषज्ञ ब्यक्तित्वहरु लगायत १५० जना भन्दा माथिकाे उपस्थिति रहेकाे थियाे कार्यक्रममा विभिन्न कलाकारद्वारा सांगीतिक प्रस्तुति तथा देउसी भैलाे कार्यक्रम पनि समावेश गरिएको थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *