काठमाडौंबाट ६२ जुवाडे पक्राउ

डिसी नेपाल
७ कार्तिक २०७९ १९:५३
176
Shares

काठमाडौं। प्रहरीले काठमाडौभित्र तिहारमा बेला गुपचुप रुपमा जुवा खेलिरहेका ६२ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० रुपैयाँ नगदसहित ६२ जनालाई पक्राउ गरिएको बताए। पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। अरुलाई कार्यालय समय खुलेपछि मात्रै मुद्दा दर्ता गर्ने एसपी मैनालीले बताए।

प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० रुपैयाँ नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार सात सय रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको हो।

प्रहरीले तिहारको समयमा ठूलो हारजित हुनेगरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ। ‘हामीले संभावित स्थानमा निगरानी राखेका छौ तर पनि कतिपयस्थानमा गुपचुप भेला हुने र कौडा खेलिरहेको हुनसक्ने संभावनालाई ध्यानमा राखेर गस्ती बढाइएको छ’, मैनालीले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *