पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण
कावासोती । पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण भएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको हो । बुलिङटार–४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोमा परेर पोलिएको दाहिने हातको निःशुल्क छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा अर्चन घिमिरेले बताए।
पहाडी भेगका विपन्न समुदायका उनको शल्यक्रिया भएपछि परिवारमा खुसी छाएको छ । उनकी श्रीमती पदमकुमारी सार्कीले भने, “हामीलाई त पोलेको घाउ कसरी सञ्चो होला भनेको त छालासमेत राम्रो हुन्छभन्दा खुसी छौँ, अस्पतालबाट गाउँ जाँदा सबै खुसी हुन्छन् होला ।”
हातको कुहिनो (एल्बो) एरियामा पोलेको थियो विकट पहाडी बुलिङटार गाउँका अति विपन्न समुदायका व्यक्ति भएकाले अस्पतालको सामाजिक सेवा इकाइमार्फत उहाँको सम्पूर्ण खर्च निःशुल्क हुने गरी उपचार गरिएको सर्जन घिमिरेले बताए । जिल्लामा सरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट पहिलो पटक छाला प्रत्यारोपण गर्न अस्पताल सफल भएको हो ।
जनरल सर्जन डा अर्चन घिमिरे, डा कमलराज न्यौपाने, डा जितेन्द्र कण्डेलको टोलीले शल्यक्रियामार्फत छालाको प्रत्यारोपण गरेको थियो । जिल्ला अस्पतालबाट शल्यक्रियाको सेवा सुरु भएपछि यहाँका नागरिकले सेवा पाएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment