डडेल्धुरामा जिप दुर्घटना, सात जना घाइते

डिसी नेपाल
७ कार्तिक २०७९ २१:५४

धनगढी । डडेल्धुरामा जिप दुर्घटना भएको हुँदा सात जना घाइते भएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका-५ मेलमा से १ ज ८१२ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सात जना घाइते भएका र उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइतेहरट्ठलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *