लागूऔषधबाट अभिभावकलाई बालबच्चा जोगाउन चुनौती

डिसी नेपाल
८ कार्तिक २०७९ १७:३८

जुम्ला– लागूऔषधि स्वास्थ्यका लागि हानिकारक र कानुनी रुपमा बरजीत छ । पछिल्लोमा सयममा जुम्ली समाजमा आक्रान्त बनाएको छ । यो लागूऔषधबाट आफ्नो छोराछोरीलाई कसरी बचाउने अभिभावकलाई निकै चिन्ता र त्रासको विषय बन्दै गएको छ ।

झण्डै एक दर्शक अगाडी लागूऔषधिका विषयमा माथिल्लो कर्णाली जुम्ला, कालिकोट, मुगु जिल्लाका नागरिकले खासै जानकारी नै थिएन । उनीहरू स्थानीय स्तरमा पाइने चरसका (अत्तर, भाङ) विषयमा मात्रै जानकारी थिए ।

तर २०६२ सालपछि सुर्खेत, कालिकोट, जुम्ला, मुगु र जाजरकोट हुँदै डोल्पा जिल्ला सडक सञ्जालमा जोडियो । त्यसबाट नेपालसँग जोडिएको इण्डीया भारतको नाका रुपैडियाबाट सवारी सधान मार्फत माथिल्लो कर्णालीमा लागूऔषध पुग्ने गरेको हो । यसअघि हवाई जहाजबाट आएको सन्तोलाको काटुनमा जुम्ला लागूऔषध पुगेको थियो ।

लागूऔषधि समाजमा झाँगिन थालेपछि यसलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन र नागरिकलाई निकै चुनौतीको विषय बन्दै गएको छ । मंगलबार मात्रै कालिकोटको नाग्म हुँदै जुम्ला बजारतर्फ आउँदै गएको एक भ्यान सवारी साधानमा यात्रु २५ वर्षीय युवालाई ८ ग्राम ब्राउन सुगरसहित जिल्ला ट्राफिक कार्यालय जुम्ला नजिकै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले सचेतनाका कार्यक्रम सञ्चालन गर्नुका साथै विक्रीकर्ता र प्रयोग कर्ता पक्राउ गरी पक्राउ गर्दै आए पनि न्यूनिकरण हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार चालु आर्थिक बर्षमा दुई वटा मुद्दा चाएको छ भने पाँच जना पक्राउ गरेर कारवाही गरेको छ । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा ७ वटा, २०७७÷०७८ मा ५ वटा, २०७६÷७८ मा ६ वटा र २०७५÷७६ मा ५ वटा मुद्दा चलाएर कारबाही गरेको छ । यिनै घटनामा एक सयभन्दा बढी व्यक्तिहरूले कारबाही भोगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *