देशको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहन्छः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहेको बताएका छन् ।.
शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको १३औं पुण्य तिथिमा शुक्रबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संस्कृतिको संरक्षण र बिकास गर्दै समृद्धिलाई अघि बढाउनुपर्ने बताए । उनले मुलुकको संस्कृति जगर्नेमा स्वर्गीय जोशीले गर्नुभएको योगदान राष्ट्रको सम्पती भएकाले सरकारले यसको उचित संरक्षण गर्ने धारणा राखे । प्रधानमन्त्री देउवाले भाषा, संस्कृतिको रक्षाका लागि जोशीले खलेको भूमिकाको चर्चा गर्दै जोशी सच्चा देशभक्त भएको बताए ।
कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जोशीकोे अन्तिम इच्छा ‘चक्रसंवर’ को पौभाः चित्रलाई पुरा गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए । त्यस्तै उनले सत्यमोहन लोकसंस्कृति संग्रहालयलाई संरक्षण गर्न पनि सरकार तयार रहेको धारणा राखे । नेपाल सम्वतलाई आम व्यवहारमा प्रयोगमा ल्याउनका लागि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा राखिएको जोशीको शालिकमा माल्यार्पण गरिएको थियो भने पाटन दरबार स्क्वायरदेखि जोशीको निवाससम्म पदयात्रा गरिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment