तिहारको मौका पारी भक्तपुरमा चोरी

डिसी नेपाल
११ कार्तिक २०७९ २२:२८
84
Shares

भक्तपुर । तिहारको मौका पारेर भक्तपुरमा नगद, गरगहनालगायतका सामान चोरी भएको छ ।

काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ घर भई सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गाई फर्म सञ्चालन गर्दै आएका ३८ वर्षीय जुगलदास दङ्गालको फार्मबाटै नगद, सुनका गहना र अन्य सामान गरी रु चार लाख ७३ हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी बृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ ।

चोरीबारे थप अनुसन्धान र चोरी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *