कैलालीको चौमालामा आगलागी, चार पसल जलेर नष्ट

डिसी नेपाल
१२ कार्तिक २०७९ २१:०२
28
Shares

धनगढी। कैलालीको गौरीगंगा नगरपालिका-१ स्थित चौमाला बजारमा आगलागी भएको छ । शनिबार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर ४ ओटा पसल जलेर नष्ट भइसकेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । गौरीगंगा नगरपालिकासँग दमकल नहुँदा गोदावरी नगरपालिकाबाट दमकल मगाइएको र अहिलेसम्म नपुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी र म्यादि प्रहरीसमेतको टोलीले स्थानीयको सहयोगमा आगो निभाउने कार्य गरिरहेको बताइएको छ । विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *