रुपन्देहीमा स्थानीय तहको निर्वाचनभन्दा धेरै म्यादी प्रहरी परिचालन

डिसी नेपाल
१३ कार्तिक २०७९ ९:४३
56
Shares

भैरहवा। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी पनि परिचालन गरिएको छ।

४ मंसिरमा हुने चुनावका लागि रुपन्देहीमा ३ हजार ९५ म्यादी खटिएका छन्। जसमा ८ सय ६१ महिला र २ हजार २ सय ३४ पुरुष रहेका छन्।

स्वास्थ्य र शारीरिक तन्दुरुस्ती परीक्षण, शारीरिक व्यायाम परीक्षण, लिखित र अन्तर्वार्ताबाट म्यादी प्रहरी छनोट गरि म्यादी प्रहरी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

यो संख्या ३० वैशाखमा स्थानीय तहको निर्वाचनमा खटिएको म्यादी प्रहरीको जनशक्तिभन्दा धेरै हो। त्यतिखेर रुपन्देहीमा २ हजार ३ सय ६० म्यादी प्रहरी खटिएका थिए । अहिले यो संख्या ७३५ ले बढेको छ।

निर्वाचनमा एउटै मतदान केन्द्रमा चार वटा मतपेटिका हुने भएकाले म्यादी प्रहरीको जनशक्ति थपिएको बताइएको छ।

रुपन्देहीमा २ सय ८ वटा मतदान केन्द्र छन्। त्यहाँको सुरक्षा, कार्यालयको सुरक्षा, गस्ती, मोबाइल गाडी र आवश्यकता अनुसार म्यादी प्रहरीलाई परिचालन गरिने अर्यालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *