प्रधानमन्त्री देउवाद्वारा नवलपरासीमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच जनाको ज्यान जानेगरी आज विहान नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको सवारी दुर्घटनप्रति दुःख व्यक्त गरेका छन् ।
‘पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तव्ध भएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’
पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तव्ध भएको छु । दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु । घाईतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।
— Sher Bahadur Deuba (@SherBDeuba) October 30, 2022
घाईतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत उनले जनाएका छन् । आज भएको दुर्घटना ५ जनाको मृत्यु र ३० जना घाइते भएका थिए ।
पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मीटर तल खसेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment