सन्दीप लामिछानेविरुद्ध सोमबार मुद्धा दर्ता हुँदै

डिसी नेपाल
१३ कार्तिक २०७९ १७:२३
412
Shares

काठमाडौं । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्धा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।

उनीसँग प्रहरीले बयानसमेत लिइसकेको छ । प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ । सोमबार मुद्धा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *