पश्चिमी वायुको प्रभावले कहाँ-कहाँ हुनसक्छ वर्षा ?

डिसी नेपाल
१५ कार्तिक २०७९ ६:२५
52
Shares

काठमाडौं। मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने आकलन गरिएको छ।

राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.