कलंकीको गेष्ट हाउसमा १६ वर्षीया किशोरी बलात्कृत

डिसी नेपाल
१५ कार्तिक २०७९ १३:०१
356
Shares

काठमाडौँ। काठमाडौंको कलंकीस्थित एक गेष्ट हाउसमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक पटक बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *