नवलपरासीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते
नवलपरासी(पश्चिम)। सुस्ता गाउँपालिका–४ स्थित नर्सही घोलामा डुङ्गा पल्टिँदा ३ जनाको सोमबार साँझ मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा सोही गाउँपालिका–४ गोकुलनगर बस्ने २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रन्जित गुप्ता रहेका छन्।
घोलापारी रहेको पटनहियामा पिकनिक गई फर्किएका सुस्ता गाउँपालिका–४ गोकुलनगर बस्ने ५ जना डुङ्गामा चढी घोला तर्ने क्रममा अचानक डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ।
डुङ्गा पल्टिएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नर्सहीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनीहरूलाई उद्दार गरी उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु हो।
घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहानिको सोही अस्पतालमा उपचार भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment