खोले पकाउने क्रममा सल्किएको आगोले घर जल्याे
फाइल फाेटाे।
खोटाङ। गाईवस्तुका लागि खोले पकाउने क्रममा सल्किएको आगोले खोटाङमा एक घर जलेको छ। घर नजिकैको मतानमा खोले पकाउने क्रममा बालेको आगोबाट सुरु भएको आगोले जन्तेढुंगा गाउँपालिका–५ चिसापानी भोर्लेका रवीन राईको मतानका साथै घर पनि जलेको हो ।
आगोले घरको माथिल्लो तलामा राखिएको काठपातसहित करिब पाँच लाख बराबरको सामान नष्ट भएको प्रहरीकाे भनाइ छ। प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment