चितवनबाट १६ जुवाडे पक्राउ

डिसी नेपाल
१५ कार्तिक २०७९ २०:१८
148
Shares

चितवन । चितवनको भरतपुरमा कौडा खेल्दै गरेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो भरतपुर-११ लामाटोलकी मैती लामाको घरमा कौडा खेलाइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद १ लाख २८ हजारसहित १६ थान कौडाको साथमा जुवाडे पक्राउ गरेको हो।

नियन्त्रणमा लिइएकामध्ये भरतपुर ११ की मीनाकुमारी दर्लामी, तीर्थकुमारी गुरुङ, सबु गुरुङसहित १३ पुरुषहरू छन् । सोही ठाउँका सरोज गुरुङ, डम्बरजङ गुरुङ, सरोज न्यौपाने, राजेन्द्र सिंखडा, शिव कुमाल, कुमारसिंह तामाङ, प्रवीण भटराई, जितेन्द्र कुमाल, कृष्णबहादुर तामाङ, बलबहादुर कुमाल र  रेशमबहादुर लामालाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

सोही ठाउँ बस्दै आएका तनँहुका शिवराज घिमिरे र लमजुङका दिलबहादुर गुरुङ पनि प्रहरीको नियन्त्रणमा छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *