बारामा बस दुर्घटना हुँदा ६ जना घाइते
बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।
ना५ ख ६४ १५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठाक्किएका थिए।
घाइतेहरूको उपचार हेटौडा अस्पतालमा भइरहेको छ। बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–६ कालापानि की ४५ वर्षीया अनिता क्षेत्री र ४० वर्षीय तिलक बलमपाकीको अवस्था गम्भीर रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment