राष्ट्रिय फुटबल टोलीका सदस्य सुमनको इशासँग इन्गेजमेन्ट

डिसी नेपाल
१६ कार्तिक २०७९ १३:४२
2.3k
Shares

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य सुमन अर्यालले बुधबार प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन्। नेपाल राष्ट्रिय फुटबल टोलीका रक्षक सुमन अघिल्लो हप्ता अस्ट्रेलिया पुगेका थिए।

सुमन विगत केही वर्षदेखि इशासँग प्रेम सम्बन्धमा दिए। सुमन नवलपरासीका हुन्। इशा भने काठमाडौंकी हुन्। उनी अध्ययन सिलसिलामा अस्ट्रेलिया पुगेकी थिइन्।

सुमन भने एन्फा एकेडेमीका खेलाडी हुन्। उनले नेपालको यु १८, यु १९, यु २३ हुँदै राष्ट्रिय टोलीको नियमिति सदस्य हुन्। असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा सुमन राष्ट्रिय टोलीमा समावेश थिए।

हाल अस्ट्रेलिया पुगेका सुमन कात्तिक ३० मा पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि भने उपलब्ध हुने छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *