उच्च अदालतबाट रु ४० लाख जरिवाना ठहर भएका एकजना पक्राउ

डिसी नेपाल
१६ कार्तिक २०७९ २३:०६
40
Shares

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ४० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु ४० लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धादिङको गल्छीबाट पक्राउ गरेको हो । कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक दाहालले विसं २०७७ मङ्सिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । पक्राउ दाहाललाई आज जिल्ला अदालत पाटनको आदेशानुसार कैद भुक्तानका लागि नख्खु कारागार पठाइएको ब्यूरोले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *