कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते
काठमाडौँ। काठमाडौँको कोटेश्वर स्थित भाटभटेनी नजिकै हिजो साँझ मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन्।
बागमती प्रदेश–०२–०१६ प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुर गाईघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र २ वर्षीय दिपसन बराललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो।
सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ। मोटरसाइकल सहित र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment