लोपोउन्मुख नीलगाईको बाच्छी फेला
उदयपुर। लोपोउन्मुख वन्यजन्तु नीलगाईको बाच्छी उदयपुरको कटारी नगरपालिका-५ चुरे फेदिमा फेला परेको छ। कटारी नगरपालिका-५ स्थित शलेस सामुदायिक वन उपभोक्ता समूहको बन क्षेत्र नजिकै खेतमा चर्न निस्किएको नीलगाईको २ महिनाको बाच्छी फेला परेको हो।
स्थानीयको खेतमा फेला परेको नीलगाईको बाच्छीलाई स्थानीयले उद्धार गरी नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय त्रिवेणी कटारीमा बुझाएका छन्। डिभिजन वन कार्यालय त्रिवेणीका प्रमुख विष्णुलाल घिमिरेले नीलगाईको बच्चा कार्यालयको नियन्त्रणमा रहेको बताए।
नीलगाईको बाच्छीलाई पशु प्राविधिकको निगरानीमा राखिने प्रमुख घिमिरेले जानकारी दिए। केही दिनको पशु प्राविधिकको रेखदेखपछि पुन: वन क्षेत्रमा छोडिने तयारी गरिएको प्रमुख घिमिरेले बताए।
उदयपुरको चुरे वन क्षेत्रमा सुन्दरपुर देखि त्रिवेणीसम्म नीलगाई पाइने गरेको छ। लोपोउन्मुख नीलगाई पहिला पहिला बाक्लो पाइने गरेको अहिले कम हुन थालेको स्थानीयबासी बताउँछन्।
उदयपुरको दक्षिणी क्षेत्रमा रहेको चुरेबन क्षेत्रमा नीलगाईहरु पाइने स्थानीय बताउँछन्। सामुदायिक वन क्षेत्रबाट स्थानीयको दलहन, तेलहन लगायतका बाली खान नीलगाईहरु आउने गरेको किसानहरुले बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment