भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
भक्तपुर। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली चोक नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ का २७ वर्षीय पुण्य बहादुर बोहरा रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघर स्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ।
काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३-०२- ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो।
ठक्कर दिएर फरार रहेका मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment