जेष्ठ प्राध्यापक समाजमा पुनः डा. शर्मा
काठमाडौं। नेपाल जेष्ठ प्राध्यापक समाजको नवौं राष्ट्रिय अधिवेशनले डा. विमलकुमार शर्मालाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पिएको छ।
शनिबार काठमाडौंमा सम्पन्न समाजको अधिवेशनले सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित गरेको हो।
अधिवेशनको निर्वाचन समितिले जनाएअनुसार समाजको उपाध्यक्षमा प्रा.डा. शेखर गुरुङ, महासचिवमा प्रा.डा. सिद्धिप्रसाद कोइराला, सचिवमा श्रीमती बद्रीलक्ष्मी वैद्य, कोषाध्यक्षमा प्रा.डा. प्रदीपकुमार भट्टराइलाई निर्वाचित गरिएको छ ।
अधिवेशनले सदस्यहरूमा रेवतीप्रसाद दाहाल, तिमिला यमी थापा, डा. रामदेव तिवारी, डा. शारदा श्रेष्ठ, सुरेन्द्रकेशर अमात्य र भीमध्वज श्रेष्ठलाई निर्वाचित गरेको छ। रामेश्वर उपाध्याय र डा. गोपालप्रसाद दाहालको निर्वाचन समितिले उक्त निर्णयको घोषणा गरेको थियो।
अधिवेशनको उद्घाटन सत्रमा भुषण श्रेष्ठ, वसन्तकुमार गौतम, दिलीप सुब्बा, डा. विमलकुमार शर्मालगायतले बोलेका थिए ।समाजको नव निर्वाचित कार्यसमितिले तीन जना सदस्य मनोनयन गर्ने र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको अध्यक्ष डा. विमल शर्माले बताए।
अधिवेशनमा शिक्षा क्षेत्रका विज्ञ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment