१५ वर्षीया किशोरीलाई यौन दुरूपयोग गरेको अभियोगमा युवक पक्राउ

डिसी नेपाल
२० कार्तिक २०७९ १६:४६
84
Shares

ओखलढुङ्गा । ओखलढुङ्गामा १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठ छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *