ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरमा मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२० कार्तिक २०७९ २०:२७
96
Shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका कलुवापुरका अन्दाजी २७ वर्षीय भुवनसिंह रानाको रानाको उपचारका क्रममा कैलालीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

से १ त ९३८७ नम्बरको ट्रयाक्टरले सुप प्र ०२००३ प २१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कामको सिलसिलामा शुक्लाफाँटा नगरपालिका-४ गएका वेला ट्रयाक्टरले रानाको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रयाक्टरचालक श्रीकृष्ण रानासमेत घाइते भएका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *