लोकतन्त्रकाे रक्षाका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुन्छः कृष्ण सिटौला

डिसी नेपाल
२१ कार्तिक २०७९ १६:०३
12
Shares

झापा । नेपाली कांग्रेसका नेता तथा झापा– ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

आगामी निर्वाचनमा पत्रकारहरूले पनि लोकतन्त्रका लागि लडेका उम्मेदवारलाई सहयोग गर्नुपर्ने बताएका सिटौलाले ४ मंसिरको निर्वाचनपछि दिगो विकाससहितको गतिमा देश अघि बढ्ने दाबी गरे।

झापाको भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिटौलाले सबै लोकतन्त्रवादी मिलेर बलिदानबाट प्राप्त गणतन्त्रलाई रक्षा गर्नुपर्नेमा जोड दिए ।

’संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थाका विकास पाँच वर्षमा गर्न सकेनौँ, संविधानले जे जति अधिकार सबै क्षेत्रको जनतालाई दिएको छ, त्योअनुसार सरकारले काम गर्न सकेन,’ उनले भने, ’जनताले अपेक्षा गरेअनुसार शिक्षा, स्वास्थ्य ऐन आउन नसक्नु, किसान, श्रमिकहरूको लागि विशेष ऐन आउन नसक्नु सरकारको कमजोरी भयो ।’

शान्ति प्रक्रिया, संविधान निर्माण, २०४६ देखिका सबै आन्दोनमा आफूले महत्त्वपूर्ण भूमिका खेल्दा खेल्दै आए पनि अघिल्लो निर्वाचनमा राजावादीसँग हार्नु परेकोमा उनले खिन्नता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.