राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति नन्दबहादुर पुनलाई तोकेकी छन् । राष्ट्रपति भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेपछि नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति पुनलाई तोकेकी हुन् ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन् । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत छन् । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।







डिसी नेपाल








Facebook Comment