गोदावरी नगरपालिका-१ का पूर्ववडाध्यक्ष घिमिरेले छाडे एमाले

डिसी नेपाल
२४ कार्तिक २०७९ १२:१६
212
Shares

काठमाडौँ। २०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएका वडाध्यक्ष बालमुकुन्द घिमिरे कांग्रेस प्रवेश गरेका छन्। एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोबास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे कांग्रेस प्रवेश गरेपछि एमालेलाई संकट परेको छ।

०७४ को निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धता बिर्सिएकाले आफूले कांग्रेस रोजेको बताएका छन् । तीनवटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसायी पनि हुन्।

दुईपटक एमालेको जिल्ला सचिवालय सदस्यसमेत रहेका घिमिरेलाई कांग्रेस प्रवेश गराउँदै संघीय संसदका उम्मेदवार उदयशमशेर राणाले पार्टीले उचित जिम्मेवारी दिने बताएका छन्। घिमिरेले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने भन्दै गोदावरीमा भएको घरदैलो अभियानमा बिहीबारदेखि सक्रिय भएको बताएका छन्।

‘म संविधान रक्षाका लागि लड्ने मान्छे हो । विगतमा म एमालेमा रहँदासम्म इमान्दारिताका साथ काम गरेँ। जब केपी ओलीले संसद् विघटन गर्नुभयो, त्यो गैरसंवैधानिक कुरा थियो र पार्टीभित्र मैले त्यतिबेला पनि यो गैर संवैधानिक छ भनेर कुरा उठाएँ। जतिसुकै विवाद भए पनि संविधान र देशको लागि यो गलत कदम हो भनेको थिएँ। पछिल्लो दिनमा एमालेले पूर्वपञ्चहरुलाई लिएर गठबन्धन बनायो, यसमा मेरो असहमति हो। नेपाली कांग्रेसले प्रगतिशील र परिवर्तनकारी शक्ति वाम गठबन्धनले गर्दा यो देश, संविधानको रक्षा र जनताकै परिवर्तनका साथै विकास पनि हुन्छ भन्ने कुराले आकर्षित भएर नेपाली कांग्रेस प्रवेश गरेको हुँ। आजैदेखि गठबन्धनलाई जिताउन लागिसकें,’ घिमिरेले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.