नेतालाई भोट माग्न हतारो, कृषकलाई धान काट्न चटारो

डिसी नेपाल
२७ कार्तिक २०७९ ८:४४
48
Shares

लमजुङ। आगमी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी देशभर तीव्र गतिमा प्रचारप्रसार भएसँगै लमजुङ जिल्लामा पनि सबै पालिकामा भएको छ।

विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु मत माग्न गाउँ भित्रिइ सकेका छन्। चुनावी अभियान तीव्ररुपले अघि बढे पनि कृषकलाई भने धान काट्ने चटारो परेको छ।

जिल्लामा बिगतमा जस्तै धान खेती व्यवसायिक रुपमा अघि बढेको अवस्था छ। जिल्लाको अवस्थालाई हेर्दा हाल लमजुङमा ११ हजार १ सय २५ हेक्टर जमिनमा धान खेती गरिएको छ। जुन ९५ प्रतिशतको हाराहारीमा धान रोपाई भएको थियो।

जिल्लामा धान खेतीका लागि भनेर चिनिने ठूला फाँटहरु र्भोलेटार, रामचोकबेसी, राईनास, दुईपिप्लेका साथै पालिकाभित्र रहेका नदी किनारका खोँचहरुमा पनि धान खेतीका लागि योग्य जमिन प्रसस्त भएकाले ति भू–भागमा पनि धान खेती गरिएको अवस्था छ।

हालसम्म जिल्लाभर ७० देखि ७५ प्रतिशत धान कटाई भइसकेको अवस्था छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *