थापाथली नजिक मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
२७ कार्तिक २०७९ १२:१०
492
Shares

काठमाडौं। काठमाडाैंको थापाथली नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुने पैदलयात्रीमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवा रहेका छन् । उनको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाग्लुङ घर भई भक्तपुर बस्ने ३० वर्षीय विज्ञान कँडेलको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान साढे ५ बजे कुसुवालाई ठक्कर दिएर त्रिपुरेश्वरबाट थापाथलीतर्फ जाँदै गरेको बागमति प्रदेश ०२ ०१९ प ३१९५ नम्बरको मोटरसाइकल पल्टिएको थियो। मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.