युनाइटेड इन्स्योरेन्सले बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !
काठमाडौँ। युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्न सेयरधनीलाई लाभांश दिने भएको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.२६३२ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने २७ लाख ५ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment