युनाइटेड इन्स्योरेन्सले बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

डिसी नेपाल
२७ कार्तिक २०७९ १३:४१

काठमाडौँ। युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्न सेयरधनीलाई लाभांश दिने भएको छ।  शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्नको लागि  ०.२६३२ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने २७ लाख ५ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *