माउन्टेन इनर्जीले गर्यो लाभांश दिने घोषणा, कहिले हुँदैछ एजिएम ?
काठमाडौँ। माउन्टेन इनर्जी नेपालले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजीको (करबाहेक) १० प्रतिशत अर्थात १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
यसका साथै लाभांश पारित गर्न कम्पनीले आउँदो पुस ९ गते वार्षिक साधारणसभा पनि बोलाएको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउने छन्।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment