माउन्टेन इनर्जीले गर्यो लाभांश दिने घोषणा, कहिले हुँदैछ एजिएम ?

डिसी नेपाल
३० कार्तिक २०७९ ११:२९

काठमाडौँ। माउन्टेन इनर्जी नेपालले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ।  मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजीको (करबाहेक) १० प्रतिशत अर्थात १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

यसका साथै लाभांश पारित गर्न कम्पनीले आउँदो पुस ९ गते वार्षिक साधारणसभा पनि बोलाएको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *