बाग्लुङ-१ मा जनमोर्चाका केसी अगाडि
बाग्लुङ। बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राखेका छन्।
प्रतिनिधिसभा सदस्यको मतगणनामा केसीले एक हजार नौ सय ८५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले एक हजार सात सय ५५ मतसहित पछ्याइरहेका छन्।
विहान ३ः३० बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ सय ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ७०, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले तीन र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १३ मत प्राप्त गरेका छन्। हालसम्म एक सय ८० मत बदर भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment