दाङका तीनैवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता
दाङ। तीन संघीय निर्वाचन क्षेत्र भएको दाङमा सबै क्षेत्रमा गठबन्धन दलका उम्मेदवारहरूले अग्रता कायमै राखेका छन्।
दाङ क्षेत्र नं. १ मा ४२१५ मत गणना हुँदा गठबन्धनका उम्मेदवार तथा नेकपा एकीकृत समाजबादीका नेता मेटमणि चौधरीले १६०७ मत प्राप्त गरेका छन्। नेकपा एमालेकी शान्ता चौधरीले १०३८, घन्टीले ८९० र ढकियाले ३७७ मत प्राप्त गरेका छन्।
त्यस्तै, दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य तर्फ गठबन्धनकी उम्मेदवार तथा नेकपा माओबादी केन्द्रकी नेता रेखा शर्मा खड्काले अग्रता कायमै राखेकी छन्।
रेखाले ५३९३ मत प्राप्त गर्दा नेकपा एमालेका महासचिव शंकर पोखरेलले ४३६२ मत प्राप्त गरेका छन्। उनीहरू बीचको मतान्तर १०३१ छ। यहाँ घन्टीले २२०६ मत प्राप्त गरेको छ।
दाङको निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले अग्रता कायमै राखेका छन्। गिरीले २४३० मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २१४० मत प्राप्त गरेकी छन्। उनीहरू बीचको मतान्तर २९० छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment