रसुवामा कांग्रेसका आचार्य अगाडि
रसुवा। रसुवाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस अगाडि रहेको छ। बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार कूल पाँच हजार सात सय २२ मत गणना हुदाँ कांग्रेसका मोहन आचार्यले तीन हजार तीन सय ५० मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तामाङले दुई हजार एक सय ४० मत ल्याएका छन्। गणनाभएकामध्ये एक सय ५१ मत बदर भएका छन्।
यस्तै प्रदेशसभा ‘क’ मा दुई हजार ५७ मतगणना भएकामा कांग्रेसका प्रभात लामाले एक हजार ३३ मतप्राप्त गरेका छन् भने एमालेका कूलप्रसाद भट्टले नौ सय ४३ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ आइतबार भएको मतदानको गणना सोमबारबाट रातिबाट मात्रै सुरु गरिएको थियो। जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ तीन स्वतन्त्रसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यहाँ ७३ प्रतिशत मत खसेको थियो।







डिसी नेपाल







Facebook Comment