काठमाडौं १० : कांग्रेसका केसीको अग्रता, पछ्याउँदै घण्टी

डिसी नेपाल
६ मंसिर २०७९ ८:३६
1.2k
Shares

काठमाडाैं। आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र १० को मत गणना जारी रहेको छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसीले तीन हजार नौ सय ८३ मत प्राप्त गरी अग्रता लिई रहेका छन्।

उनलाई राष्टिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले दुई हजार आठ सय ८३ मतका साथ पछ्याई रहेका छन्। तेस्रो स्थानमा नेकपा (एमाले)का हिमेश केसीले दुई हजार चार सय २७ प्राप्त गरेका छन्।

क्षेत्र न १० अन्तर्गत कीर्तिपुर नगरपालिकाको वडा न १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ। कीर्तिपुर वडा नं ७ र ८ को गणना सुरु गरिएको जानकारी निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले दिए।

प्रदेशसभातर्फ क्षेत्र नं (१) को हालसम्मको परिणामअनुसार कांग्रेसका पुकार महर्जन चार हजार ९६ मतका साथ अग्रस्थानमा छन्। दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटाले दुई हजार नौ सय २४ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमालेका शिवभक्ति बलामीले दुई हजार तीन सय ७८ मत प्राप्त गरेका छन्।

क्षेत्र नं १० मा समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। कीर्तिपुरका १, २, ३ र ४ वडाको मतगणना सकिँदा सो पार्टीले दुई हजार २५ मत प्राप्त गरेको छ दोस्रोमा कांग्रेसले एक हजार नौ सय ९० मत प्राप्त गरेको छ भने नेकपा एमालेले एक हजार एक सय ५३ मत प्राप्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *