काठमाडौं- ५ : कांग्रेसका पौडेलको अग्रता कायमै

डिसी नेपाल
६ मंसिर २०७९ १०:२७
208
Shares

काठमाडाैं। काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका हुन्।

अठार हजार सात सय ९७ मत गणना हुँदा युवा नेता पौडेलको छ हजार एक सय ८१ मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको चार हजार तीन सय ६५ प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिएका हुन्।

यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो। काठमाडौं क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *