भीम रावलको क्षेत्रमा एकीकृत समाजवादी अगाडि
अछाम। नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ।
१४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अगाडि छन्। उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन्।
स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ। यहाँ कुल ४१ हजार ६४३ मत खसेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment