सिरहाका दुई निर्वाचन क्षेत्रमा एमाले, एक/एक क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीको अग्रता
सिरहा। सिरहाका चारवटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा सोमबार मध्यरातिदेखि मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार क्षेत्र नं १ मा एमाले-जसपा गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार रामशङ्कर यादवले दुई हजार ४५ मत प्राप्त गरी अग्रता लिइरहेका छन्।
त्यस्तै सत्ता गठबन्धबाट कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री पदमनारायण चौधरीले एक हजार छ सय ९२ मत प्राप्त गरेका छन्। त्यसैगरी जनमत पार्टीका युगलकिशोर साहले दुई सय ७२ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार सरिता गिरीले ९४ मत प्राप्त गरेकी छन्।
त्यसैगरि क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट कांग्रेसकी नेत्री तथा पूर्वमन्त्री चित्रालेखा यादवले एक हजार तीन सय ८५ मतका साथ जसपा नेपालका उम्मेदवार राजकिशोर यादवभन्दा अगाडि छिन्।
एमाले-जसपा गठबन्धनबाट राजकिशोर यादवको प्राप्त मत एक हजार तीन सय ८२ रहेको छ। त्यसैगरी जनमत पार्टीका विनोद यादवले नौ सय ७७ मत प्राप्त गरेका छन्।
क्षेत्र नं ३ मा एमाले-जसपा गठबन्धनबाट एमालेका लीलानाथ श्रेष्ठले नौ सय २२ मतका साथ अग्रता लिइरेका छन् भने सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का विश्वनाथ साहले छ सय ९४ मतका साथ दोस्रो स्थानमा रहेका छन्। त्यस्तै जनमत पार्टीका विनोदकुमार यादवले पाँच सय ७९ मत प्राप्त गरेका छन्।
त्यसैगरी क्षेत्र नं ४ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ शाहले तीन सय ८१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने एमाले-जसपा गठबन्धनबाट जसपा नेपालका वीरेन्द्रप्रसाद महतोले तीन सय ४२ मतका साथ दोस्रो स्थानमा छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल तिवारीले दुई सय ४६ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।







डिसी नेपाल







Facebook Comment