रुपन्देही ४ को प्रदेश २ मा कांग्रेसका खाँ विजयी

डिसी नेपाल
७ मंसिर २०७९ ९:१७
216
Shares

भैरहवा। रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्य २ मा कांग्रेसका वसिउद्दीन खाँ विजयी भएका छन्। १२ जना उम्मेदवार रहेका सो क्षेत्रमा ११ जनालाई पछि पार्दै खाँ विजयी बनेका हुन्।

उनले सबै भन्दाबढी ११ हजार ३ सय ५ मतका साथ खा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मोहनलाल यादवले ८ हजार २ सय ६५ मत, जनमत पार्टीका अर्जुन जैसवालले ७ हजार ६ सय ६१ मत ल्याए। खाँ ३ हजार ४०४ मतान्तरले विजयी भएको निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए।

निर्वाचन क्षेत्र नम्बर ४ को ‘२’ मा ५७ हजार २ सय ७० मतदाता रहेकोमा ४० हजार ९ सय ६३ मत खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.