अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक: अर्थमन्त्री शर्मा

डिसी नेपाल
१५ मंसिर २०७९ १२:४९

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा काठमाडाैँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन। जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ,’  उनले भने।

उनले अर्थतन्त्रमा संकटमा नरहेको समेत दाबी गरेका छन्। यद्यपि केही चुनौती भने अझै बाँकी रहेको उनले उल्लेख गरे। उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *