हलिउडको लुक्समा ‘गोर्खा वारियर’को टिजर (भिडियाे)

डिसी नेपाल
७ पुष २०७९ १९:१८
1.5k
Shares

काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’को टिजर बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । समारोहमा यो फिल्मको टिजर हेर्ने क्रममा सबैले हलिउडको युद्ध सम्बन्धि फिल्मको टिजर हेरेको जस्तो लागेको प्रतिक्रिया दिए । सिनेमाको टिजरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।

यो चलचित्रलाई भर्सटाईल निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । निर्देशक चाम्सले पहिलो पटक बीर गोर्खालीको युद्ध कथालाई जादुई रुपमा गोर्खा वारियरमार्फत ससक्त रुपमा उतारेका छन् ।

शसस्त्र प्रहरी बल नेपालका पूर्व आईजिपी शैलेन्द्र खनाल ‘सरद’ले आफु पनि सेवामा रहँदा युद्धलाई निकै नजिकबाट देख्न र भोग्न पाएको तर यत्ति राम्रो युद्धको दृष्य नेपाली फिल्ममा पहिलो पटक देखेको बताए ।

निर्देशक मिलन चाम्सले विश्वमा परिचित गोर्खा सैनिकले पहिलो विश्वयुद्ध देखि अहिलेसम्म धेरैवटा युद्ध लडेको स्मरण गराए । उनीहरुसँग कैयौं युद्धसँगै पारिवारिक मार्मिक कथा भएको र त्यो मध्ये एउटा वास्तविक कथालाई यसपटक पर्दामा उतारेको चाम्सले बताए । पहिलो पटक आफुले यो फिल्मलाई नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा अन्तर्राष्ट्रिय रुपमा तयार गरेको पनि उनले जानकारी गराए ।

निर्देशक चाम्सका अनुसार सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । टिजरमा पनि सोही युद्धको झलक प्रस्तुत गरिएको उनले प्रकाश पारे ।

यसअघि नौ वटा सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक चाम्सले यसपटक ब्रिटिस गोर्खा सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ युद्धमा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा ल्याउन लागेको बताए । आगामी जुनमा यो चलचित्रलाई बेलायतमा १० हजार दर्शकमाझ विशेष प्रदर्शन गर्ने पनि उनले जानकारी गराए ।

यो चलचित्रका सह निर्माता सुरेश राईले बीर गोर्खाली सैनिकका कथामार्फत नेपाललाई सिनेमाको माध्यमबाट सँसारभर चिताउन आफु यो फिल्मको निर्माणमा जोडिएको बताए ।

‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै गोर्खा वारियरमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.