अभिनेत्रीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको आरोपमा सहकर्मी अभिनेता पक्राउ
काठमाडौं । टिभी अभिनेत्री तुनिषा शर्माको आत्महत्या प्रकरणमा उनका सहकर्मी कलाकार शीजान खान पक्राउ परेका छन् । ठाणे जिल्लाको वालिव प्रहरीले शीजान खानमाथि आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा दर्ता गरेको छ । शिजानमाथि आईपीसीको धारा ३०६ लगाइएको छ।
उनलाई सोमबार अदालतमा पेश गरिने छ । तुनिषा शर्माले शनिबार सुटिङका क्रममा सुटिङस्थलमै आत्महत्या गरेकी हुन् । प्रहरीका अनुसार सुटिङका क्रममा ब्रेक हुँदा तुनिषा शर्मा आफ्नो मेकअप रुममा गएकी थिइन् तर उनी समयमै सुटिङ स्थलमा पुगिनन् ।
Maharashtra | Waliv police arrested actress Tunisha Sharma’s co-star Sheezan Khan by registering a case of abetment to suicide
Tunisha Sharma died by suicide on the set of a TV serial. Her mother has registered a complaint. We are investigating this: ACP Chandrakanth Jadhav pic.twitter.com/QtOubRiU16
— ANI (@ANI) December 24, 2022
उनले भने, ‘त्यसपछि केही मानिस उनलाई भेट्न गएपछि फोन गरेर पनि ढोका खोलिनन् । ढोका खोल्दा उनले (स्थलमै) गोली हानेर आत्महत्या गरेकी थिइन् ।’ एसीपी चन्द्रकान्तले तुनिषाकी आमाले उजुरी दिएको र अनुसन्धान भइरहेको बताए ।
तुनिषाले सन् २०१५ मा टिभी सिरियल ‘भारत का वीर पुत्र – महाराणा प्रताप’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले ‘चक्रवर्ती अशोक सम्राट’ नामक सिरियलमा पनि काम गरिन् । उनले ‘इश्क सुभान अल्लाह’, ‘इन्टरनेट वाला लभ’ जस्ता सिरियलमा पनि काम गरेकी छिन् ।
सन् २०१६ मा उनले फिल्म ‘फितूर’ बाट आफ्नो बलिउड करियर सुरु गरेकी थिइन् । यसमा उनले अभिनेत्री कट्रिना कैफको बाल्यकालको भूमिका निभाएकी थिइन् ।







डिसी नेपाल







Facebook Comment