तुनिषा शर्माको मृत्यु : सिनेकर्मी संघले एसआईटी गठनको माग गर्‍यो

डिसी नेपाल
१२ पुष २०७९ १२:१७
456
Shares

काठमाडौं । अखिल भारतीय सिने वर्कर्स एसोसिएसन (एआईसीडब्ल्यूए) ले सोमबार महाराष्ट्र सरकारसँग अभिनेत्री तुनिषा शर्माको मृत्युको छानबिन गर्न एसआईटी गठन गर्न माग गरेको छ।

एआईसीडब्ल्यूएका अध्यक्ष सुरेश श्यामलाल गुप्ताले मुख्यमन्त्री एकनाथ शिन्देलाई पत्र लेखेका छन्, ‘हामी सरकारसँग तुनिषा शर्मा आत्महत्या प्रकरणमा एसआईटी गठन गर्न माग गर्छौं जसले गर्दा आत्महत्याको सत्यता बाहिर आउन सक्छ ।’

उनले भने, ‘एउटी अभिनेत्रीले सेटमा आत्महत्या गरिन् भन्ने स्तब्ध पार्ने खालको खबर आएको छ । यस्तो पहिले कहिल्यै भएको थिएन। यो घटना भएको ठाउँमा भीडभाड थियो र त्यतिबेला धेरै मानिसहरु त्यहाँ थिए । यस्तो अवस्थामा कसैले आत्महत्या गर्नु सामान्य होइन, यसको छानबिन हुनुपर्छ ।”

आत्महत्याका घटना बढ्दै गएको र त्यसको कारणलाई बेवास्ता गरिएको उनले लेखेका छन् । उनले लेखेका छन्, “पूरै उद्योग नै खतरामा छ र यसका लागि जिम्मेवार व्यक्ति जसले आत्महत्या गर्न बाध्य पार्छन्, जनताको सुरक्षा सुनिश्चित गर्नका लागि उनीहरुलाई अगाडि ल्याउनुपर्छ।” तुनिषा शर्मा शनिबार सुटिङ स्थलमा मृत फेला परेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.