भारतको सेन्सर बोर्डले पठान फिल्मका धेरै दृश्यहरू काट्न आदेश दियो !

डिसी नेपाल
१४ पुष २०७९ १४:५८
124
Shares

काठमाडौं । फिल्म ‘पठान’को विवादपछि केन्द्रीय फिल्म प्रमाणीकरण बोर्ड (सीबीएफसी)ले फिल्ममा परिवर्तन गर्न निर्मातालाई निर्देशन दिएको छ । बोर्डका अध्यक्ष प्रसुन जोशीले बिहीबार फिल्मका गीतहरू पनि यो परिवर्तनमा समावेश गरिने जानकारी दिए ।

सीबीएफसीले प्रोडक्सन हाउस यशराज फिल्म्सलाई बोर्डको दिशानिर्देश अनुसार फिल्मको नयाँ संस्करण दिन आग्रह गरेको छ। यद्यपी फिल्ममा के के परिर्वतन गर्ने भन्ने बारे भने केही बताइएको छैन ।

फिल्म पठानको ‘बेशराम रंग’ गीतलाई लिएर विवाद भएको थियो । आलोचकहरूले यसलाई बहिष्कार गर्न माग गरेका थिए। आलोचकले यस गीतमा अभिनेत्री दीपिका पादुकोणको सुन्तला रंगको बिकिनीलाई भगवा रङ र हिन्दू धर्मको अपमान भनेका छन् ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको यस फिल्ममा अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिकामा छन् । फिल्म हालै सीबीएफसीमा सर्टिफिकेटका लागि आएको प्रसुन जोशीले बताए । उनीहरुलाई परिवर्तन गर्न भनिएको छ ।

उनले सीबीएफसीको उद्देश्य निर्माताको रचनात्मकता र दर्शकको भावनाबीच सन्तुलन कायम गर्ने र सोही अनुसार समाधान खोज्ने रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.