भारतीय विदेश मन्त्रालयले भन्यो- नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक छौँ
काठमाडौं। भारतीय विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्ने बताएका हुन् ।
बाग्चीले प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नरेन्द्र मोदीले बधाई दिएको विषयमा जानकारी गराउँदै बधाईको जवाफमा प्रचण्डले पनि दुई देशको बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उनले बताए । ‘सांस्कृतिक सम्बन्ध र हाम्रो द्विपक्षीय सम्बन्धलाई अझँ कसरी मजबुत गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राख्ने काम भयो,’ प्रवक्ता बाग्चीले भने ।
उनले भारत नेपालमा गठन भएको नयाँ सरकारसँग काम गर्न उत्सुक रहेको बताए । ‘हाम्रा दुई देशका बीचमा जुन अद्वितीय द्विपक्षीय सम्बन्ध छ यसलाई बढाउनका लागि हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने आशा राख्दछौँ र गर्नेछौँ । दुई देशका बीचमा ऐतिहासिक सम्बन्ध छ,’ उनले भने, ‘चुनावपछि आएको नयाँ सरकार आएको छ । हामी त्यससँग मिलेर काम गर्न उत्सुक छौँ ।’







डिसी नेपाल








Facebook Comment