नेपाल सरकारको ३ वटा  विकास ऋणपत्र नेप्सेमा सूचीकृत

डिसी नेपाल
२६ पुष २०७९ ९:११
84
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल सरकारको ३ वटा  विकास ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्रहरु २०८१ ‘छ’, २०८२ ‘छ’ र २०८३ ‘ज’ सूचीकृत भएको हो।

विकास ऋणपत्र २०८१ ‘छ’ ८ अर्ब रुपैयाँबराबरको रहेको छ।  यो ऋणपत्रको अवधि २ वर्ष रहने छ भने यसमा लगानीकर्ताले १०.६४ प्रतिशत ब्याजदर पाउँछन्। यो ऋणपत्र मंसिर १४ गते निष्कासन भएको थियो। यसको साँवा भुक्तानी २०८१ मंसिर १४ गते हुनेछ।

यसैगरी विकास ऋणपत्र २०८२ ‘छ’ २ अर्ब रुपैयाँबराबरको रहेको छ। यो ऋणपत्रको अवधि ३ वर्षको रहेको छ। यसमा लगानीकर्ताले १० प्रतिशत ब्याजदर पाउने छन् भने यसको साँवा भुक्तानी २०८२ मंसिर २८ गते हुनेछ। यो ऋणपत्र मंसिर २८ गते निष्कासन भएको थियो।

यस्तै, विकास ऋणपत्र २०८३ ‘ज’ ५ अर्ब रुपैयाँबराबरको रहेको छ। यो ऋणपत्रको अवधि ४ वर्षको रहेको छ। यसमा लगानीकर्ताले १०.९३ प्रतिशत ब्याजदर पाउने छन् भने यसको साँवा भुक्तानी २०८३ पुस ६ गते हुनेछ। यो ऋणपत्र पुस ६ गते निष्कासन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.