एमालेसँग गठबन्धन कायम रहन्छ, तत्काल पार्टी एकता सम्भव छैन : पेशल खतिवडा (अन्तर्वार्ता)

डिसी नेपाल
३० पुष २०७९ ८:०१
236
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य पेशल खतिवडाले एमाले सँगको सहकार्य गठबन्धनमा मात्रै सीमित हुने बताएका छन्। उनले चुनावी सहकार्य गर्न सकिने तर पार्टी एकताको चरणमा लैजान नहुने धारणा ब्यक्त गरेका छन्।

डिसी नेपालसँगको कुराकानीमा नेता खतिवडाले एमाले र माओवादीबीच गरिएको विगतको एकताबाट पाठ सिक्दै आगामी दिनमा हतारमा एकता गर्न नहुने बताएका छुन्।

उनले वैचारिक राजनीतिक रुपमा प्रष्ट नभएर एकता गर्दा विगतमा जस्तै दिगो हुन नसक्ने हुँदा तत्काल पार्टी एकताको तहमा जान नहुने धारणा ब्यक्त गरेका हुन्।

उनले वर्तमान गठबन्धन कांग्रेसी हठका कारण निम्तिएको बताएका छन्। उनले पहिलेको कांग्रेससहितको गठबन्धन असंलग्न परराष्ट्र नीतिमा असफल भएको आरोप लगाउँदै अहिलेको गठबन्धन अन्र्तराष्ट्रिय शक्ति सन्तुलन र नेपालको असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको बताए।

उनले भने, ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले जसरी रुस युक्रेन युद्धमा युक्रेनको पक्ष लियो। यसले हाम्रो भूराजनीतिमा असर गर्‍याे। जसले गर्दा हाम्रो असंलग्न परराष्ट्र नीतिको खिलाप भयो। त्यसलाई हाम्रो पार्टीले सरकारको नेतृत्व गरेर सच्याउने पहल गरेकोे थियो तर उहाँहरु हामीलाई सरकार सुम्पन तयार हुनुभएन । फलस्वरुप अहिलेको गठबन्धन जन्मिएको हो।’

माओवादी र एमालेबीचको समीकरण जनताले रुचाएपनि विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भएको संसद विघटनप्रति आफूहरुको विमत्ति रहेको खतिवडाको भनाइ छ।

उनले संसद विघटन असंवैधानिक कदम रहेको पूर्ववत अडानमा आजसम्म आफूहरु दृढ रहेको बताए। उनले भने, ‘ओली जीले गरेको संसद विघटन असंवैधानिक हो भन्नेमा आमी सचेत छौं। तर त्यसका बाबजुद अहिलेको गठबन्धन सरकारको उदेश्य सबैको सहमतिमा तय गरिएको न्यूनतम साझा कार्यक्रम लागू गर्ने विषयमा गठबन्धनमा रहेका सबै दलहरुको एकमत छ।’

नेता खतिवडाले सदनमा अविश्वसनिय तवरल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले प्राप्त गरेको विश्वासको मतको राजनीतिक महत्व फरक रहेको बताएका छन् । उनले सबै दलको सहमती हुँदा माओवादी केन्द्रले आफ्नो पक्षधरता गुमाएकोप्रति असन्तुष्टि ब्यक्त गरेका छन्।

संसदीय मामलामा सर्वमान्य देखिए पनि गौरवपूर्ण राजनीतिक इतिहास बोकेको कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीलाई सबैले मतदान गर्दा उसको आफ्नो पहिचान र पक्षधरता हराएको आभास भएको उनले बताए।

‘संसदीय मामलामा माओवादीले असाधारण मत प्राप्त गरेपनि कतै उसको आफ्नो पहिचान गुमाएको हो कि भन्ने संकेत विश्वासको मत आर्जनले देखाएको छ,’उनले भने, ‘यसले कम्युनिष्ट पार्टीको निश्चि पक्षधरता हुन्छ। एउटा वर्गको हितका लागि पार्टी संघर्षरत हुन्छ। सबैबाट प्राप्त विश्वासको मतले कतै त्यो गुमाएको त होइन भन्ने शंका उत्पन्न भएको छ । ’

यसपाली समानुपातिकतर्फ सांसद चयन हुन नसक्नुको कारणबारे सोधिएको प्रश्नमा खतिवडाले आफूलाई सांसद चयन नगरिएकोप्रति अन्याय भएको बताएका छन्।

उनले खस आर्य क्लस्टरको दोस्रो नम्बरमा रहेको आफूलाई एक नम्बरमा रहेकालाई चयन गर्दै नगरिनु अन्यायपूर्ण भएको बताएका हुन्। यद्यपि चयन भएका अन्य नेताहरुप्रति आफ्नो असहमति नरहेको प्रष्ट पारेका छन्।

उनले अन्य बन्दसूचीभित्र रहेका उम्मेदवारमध्येबाट चयन गरिएकाहरु जस्तै आफ्नो पनि राजनीतिक इतिहास र लगानी भएकाले चयन हुन नसक्नु आफूमाथि अन्याय भएको बताए।

सत्ता बाँडफाँट अनुसार अब माओवादीले पाँच मन्त्रालयको दाबी गरेको बताएका छन्। तर, दाबी गरे अनुरुप मन्त्रालय नपाएपनि चित्त बुझाउनुपर्ने अवस्था रहेको बताउँदै उनले अगाडि भने,‘हातमा डाडु पुन्यू हुँदा अरुलाई भाग पुर्‍याएर कहिलेकाही भान्सेले भाँडामा बाँकी रहेकोमा चित्त बुझाउनुपर्ने स्थिति पनि आउनसक्छ।’

उनले वर्तमान सरकारले केही दिनमै पूर्णता पाउने जानकारी दिए। गठबन्धनका शीर्ष नेताहरु सत्ताबाँडफाँटको गृहकार्यमा जुटिरहेकाले केही दिनमा निष्कर्ष निस्कने उनको भनाइ छ।

भिडियाे 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *